गुरुङ (तमु) कलाकार संघ गण्डकीमा विक्रम
पाेखरा | बैशाख ५, २०८२
पोखरा: गुरुङ (तमु) कलाकार संघ नेपाल गण्डकी प्रदेश समिति पोखराको सातौं वार्षिक साधारण सभाकाे अवसरमा विक्रम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा माया गुरुङ, उपाध्यक्ष टसबहादुर गुरुङ, महिला उपाध्यक्ष ईन्द्रा गुरुङ, महासचिव नेत्र गुरुङ, सचिव डबिन गुरुङ, महिला सचिव सुनिमा गुरुङ, सहसचिव रामप्रसाद गुरुङ र कोषाध्यक्ष टौंसुवा (सविना)गुरुङ, सहकोषाध्यक्ष दिलु गुरुङ निर्विरोध भएको कानुनी सल्लाहकार जुना गुरुङले जानकारी दिइन् ।
संघको विदेश विभाग, सांस्कृतिक विभाग, अतिरिक्त क्रियाकलाप,महिला विभाग प्रमुखमा क्रमश: गौरी गुरुङ, युवराज गुरुङ, ओम गुरुङ र रविना गुरुङ छन् ।
सचिवालय सदस्यमा पूजा गुरुङ, रोशन गुरुङ, उषा गुरुङ र रनु गुरुङ छन् । संघको कार्यसमिति सदस्यमा संगीता गुरुङ, ममता गुरुङ, प्रिया गुरुङ, धनप्रसाद गुरुङ, दीपसागर गुरुङ, अनुपम गुरुङ, सागर गुरुङ, एलिना गुरुङ चुनिएका छन् ।
नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदानसहित भएको सभामा मेनकाजी गुरुङ स्मृति श्रष्टा पुरस्कार २०८२ बाट अग्रज कलाकार धनबहादुर गुरुङलाई सम्मान गरिएको छ ।
कलाकार धनबहादुरलाई नगद ५ हजार ५ सय ५५ सहित भांग्रा, फेता र सम्मानपत्र प्रदान गरियो ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

